विदुर नगरपालिकाका ३११ जना बेपत्ता, प्रभावितका लागि खाद्यान्न पर्याप्त तर औषधिको अभाव
ratopati.com · Mon Aug 31 09:20:23 GMT 2026

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिकामा जनधनको ठुलो क्षति भएको छ । नगरपालिका अन्तर्गत प्रभावित क्षेत्रमा अवस्था निकै कष्टकर छ भने नागरिकहरू अझै पनि सामान्य अवस्थामा फर्कन सकेका छैनन् ।
नगरपालिकाका उप–मेयर प्रभा बोगटीका अनुसार धेरै नागरिक आफ्नो थातथलोबाट विस्थापित भएका छन् । विस्थापितहरूका लागि नगरपालिकाले विभिन्न १५ स्थानमा ‘होल्डिङ सेन्टर’ स्थापना गरी सामूहिक रूपमा खाना र बस्ने व्यवस्था मिलाएको छ ।
Read full story at source (ratopati.com)