साउनभर राष्ट्रियसभाका ३ बैठक बस्ने
ratopati.com · Thu Aug 06 08:22:04 GMT 2026

काठमाडौँ । साउन महिनाभर राष्ट्रिय सभाको बैठक आजबाहेक ३ दिन बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको अद्यावधिक कार्यतालिका अनुसार साउन महिनाको बाँकी अवधिमा राष्ट्रियसभाका बैठक बस्ने भएका छन्। साउन २२, २७ र २८ गते बस्ने कार्यतालिकामा उल्लेख छ ।
२२ गतेको बैठकमा सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई सैद्धान्तिक छलफल हुनेछ । साउन २७ गतेको बैठकमा मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ मा छलफल गर्ने र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ सभामा पेस गरिने उल्लेख छ ।
Read full story at source (ratopati.com)