तपाईंले ग्यास पाउनु भएन, अब यो नम्बरमा फोन गर्नुस्
rajdhanidaily.com · Thu Aug 06 08:20:35 GMT 2026
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी कुनै समस्या देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ ।
सचिवालयले सार्वजनिक सूचना जारी गर्दै कुनै उपभोक्ताले एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगेको वा बजारमा कृत्रिम अभाव तथा कालोबजारी भएको जानकारी पाएमा ९८५१११६७७३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
Read full story at source (rajdhanidaily.com)