स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सांसद देवकोटाको माग
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग जोडदार माग गरेकी छिन्।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले स्वास्थ्य बीमाको नाममा नागरिकले चरम सास्ती भोग्नुपरेको बताइन्। उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालामा सुरु भएको यो लोकप्रिय कार्यक्रमलाई अहिले आएर 'बीमाकै बीमा गर्नुपर्ने' दयनीय अवस्थामा पुर्याइएकोप्रति आपत्ति जनाइन्। कार्यक्रमको पहलकर्ताको प्रशंसा हुने डरले कतै वर्तमान सरकारले यसलाई खारेज गर्न खोजेको त होइन भन्दै उनले गम्भीर प्रश्नसमेत उठाइन्।
Read full story at source (hamrakura.com)