हर्मुजमा इरान–ओमान सहमति नजिक
rajdhanidaily.com · Thu Aug 06 08:27:10 GMT 2026
एजेन्सी । इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्याएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशांकमा सहमति भइसकेको र तेस्रो पक्षबाट अवरोध नभए संयुक्त वक्तव्य पनि चाँडै अन्तिम रूप दिइने बताए। उनका अनुसार ओमानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भए पनि त्यसले तत्काल सबै जहाजका लागि जलघाँटी पूर्ण रूपमा सुरक्षित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारे।
Read full story at source (rajdhanidaily.com)