पेन्सन प्रयोजनका लागि एसएलसी अनुत्तीर्ण झन्डै दुई हजार शिक्षकको नयाँ तलब निर्धारण
ratopati.com · Thu Aug 06 08:37:23 GMT 2026

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार प्राथमिक तहको दुई विषयसम्म एसएलसी अनुत्तीर्णको तलब ३६ हजार चार सय ४५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, दुई विषय भन्दा बढी एसएलसी अनुत्तीर्णको तलब ३४ हजार चार सय २६ कायम गरिएको छ । राष्ट्रिय किताब खाना (शिक्षक) का अनुसार यस्ता शिक्षकहरू झन्डै दुई हजारको हाराहारीमा छन् । देशभर शिक्षकतर्फ एक लाख नौ हजार एक सय २५ दरबन्दी कायम छ ।
Read full story at source (ratopati.com)