नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
kendrabindu.com · Thu Aug 06 08:40:22 GMT 2026

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ। ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको उक्त आयोजनाका लागि साउन २० गते दुई संस्थाबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार आयोजनाको कुल लागतमा कर्जा र स्वपूँजी अनुपात ७०:३० कायम रहने गरी वित्तीय सुविधा प्रदान गरिने भएको छ। सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडको तर्फबाट सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।
Read full story at source (kendrabindu.com)