नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित
khabarhub.com · Thu Aug 06 08:43:49 GMT 2026

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष संवाद गरेको विषयमा आपत्ति जनाएको छ। विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा सहभागी हुन र मिडियासँग संवाद गर्न दिएको अनुमति प्रति असन्तुष्टि व्यक्त गरेको हो।
मन्त्रालयले उक्त घटनाले द्विपक्षीय सम्बन्धमा पर्न सक्ने प्रभावबारे पर्याप्त ध्यान नदिइएको भन्दै गहिरो खेद प्रकट गरेको छ। साथै, बङ्गलादेशमा जुलाई आन्दोलनको दोस्रो वार्षिकोत्सव मनाइरहेका बेला भारतीय भूमिमा भएको हसिनाको सार्वजनिक संवादलाई बङ्गलादेशको सार्वभौमसत्ताप्रति अनादर र आन्दोलनका शहीदप्रति अपमानजनक कदमका रूपमा व्याख्या गरेको छ।
Read full story at source (khabarhub.com)