माण्डु हाइड्रोपावरको खूद नाफा ५ गुणाले बढ्यो, यस्तो छ कारण
clickmandu.com · Thu Aug 06 08:57:11 GMT 2026

काठमाडौं । माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ मा ३१ करोड ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष (आव २०८१/८२) मा ६ करोड १८ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीको नाफा ५ गुणाले बढेको हो ।
कम्पनीको नाफा अघिल्लो आवको भन्दा २५ करोड ६६ लाख ७१ हजार बढी रहेको कम्पनीले प्रकाशन गरेको आव २०८२/८३ को चौथो त्रैमास अन्त्यसम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । आयोजनाको विद्युत् बिक्रीबाट हुने आम्दानी २० करोड ४७ लाख ४२ हजारबाट बढेर ७९ करोड ४९ लाख ३४ हजार रुपैयाँ पुगेसँगै कम्पनीको नाफाले फड्को मारेको हो ।
Read full story at source (clickmandu.com)