ब्रड पिकमा ज्यान गुमाएका युक्त गुरुङलाई भावुक श्रद्धाञ्जली, पार्थिव शरीर स्वदेश ल्याइँदै
barnanmedia.com · Thu Aug 06 08:54:08 GMT 2026

पाकिस्तानको ब्रड पिक हिमालमा भएको दुःखद घ'टनाले हामी सबैलाई स्त'ब्ध बनाएको छ।
अन्तिम क्षणसम्म तपाईंलाई बचाउन हामीले सक्दो प्रयास गर्यौं। तर अत्यन्तै दुःखका साथ स्वीकार गर्नुपरेको छ कि हामी तपाईंलाई ब'चाउन सफल हुन सकेनौं। त्यसका लागि हामी साँच्चै दुःखी छौं। तर तपाईं केवल एउटा शरीर होइन। तपाईंका सपना, साहस, संघर्ष र तपाईंले छाडेर जानुभएको गौरवशाली विरासत सधैं जीवित रहनेछन्। हिमालमा तपाईंले कोरेको इतिहास र योगदानले आउने पुस्तालाई सधैं प्रेरित गरिरहनेछ। हामीले सँगै धेरै हिमाल चढ्यौं, धेरै सफलता र खुसीका क्षणहरू बाँड्यौं। कठिन यात्रादेखि सफल आरोहणसम्मका अनगिन्ती सम्झनाहरू सधैं हृदयमा रहनेछन्। यसअघि पाकिस्तानबाट फर्किँदा मनभरि खुसी बोकेर फर्किने गर्थें। तर यसपटक भने अत्यन्तै भारी र टु'क्रिएको मन लिएर नेपाल फर्किरहेको छु। तपाईंका सम्झनाहरू र युक्त गुरुङको पार्थिव शरीरलाई सम्मानपूर्वक स्वदेश ल्याउने जिम्मेवारीसँगै म नेपाल फर्किँदैछु।
Read full story at source (barnanmedia.com)