अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक - अध्यक्ष अग्रवाल
arthasansar.com · Thu Aug 06 08:56:13 GMT 2026

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार र वैदेशिक लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण तथा प्रभावकारी सुशासन आवश्यक रहेको बताएका छन्। नेपाल अडिटर्स एसोसिएसनको २१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले पारदर्शी वित्तीय प्रणाली र विश्वसनीय लेखापरीक्षण दिगो आर्थिक विकासका आधारस्तम्भ भएको बताए।
उनले सुशासनले लगानीकर्ताको विश्वास बढाउने, वित्तीय जोखिम घटाउने र संस्थागत क्षमता सुदृढ बनाउने उल्लेख गरे। उनका अनुसार सत्यनिष्ठ लेखापरीक्षण, पारदर्शी वित्तीय प्रतिवेदन र जवाफदेही व्यवस्थापनले निजी तथा सार्वजनिक दुवै क्षेत्रलाई बलियो बनाउँछ। अग्रवालले दुई दशकभन्दा लामो समयदेखि नेपाल अडिटर्स एसोसिएसनले व्यावसायिक दक्षता, नैतिकता र वित्तीय अनुशासन प्रवद्र्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।
Read full story at source (arthasansar.com)