विनय यादव आठ दिनदेखि आमरण अनशनमा, राज्यको मौनता
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा छन् । उनको सत्याग्रह बिहीबार आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन ।
राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको स्वास्थ्य स्थिति दिनानुदिन नाजुक बन्दै गएको छ। देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा मारिएका युवाहरूलाई न्याय दिलाउन आफ्ना मागहरू पूरा नभए देह त्याग गर्ने कडा चेतावनीसहित उनी आमरण अनशनमा बसेका हुन् ।
Read full story at source (hamrakura.com)