मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्व तयारी देखिएन : कमला पन्त
ratopati.com · Thu Aug 06 09:08:07 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्तले मनसुनजन्य विपद्बाट बर्सेनि सयौँ नागरिकले ज्यान गुमाउँदा पनि सरकारले पूर्वतयारीमा गम्भीरता नदेखाएको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्ताव पेस गर्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति जनाइन् ।
नेता पन्तले साउनको ६ गते नै दर्ता गरिएको प्रस्तावमाथि साउनको अन्त्यतिर मात्रै छलफल हुनुले विपद् व्यवस्थापनमा राज्यको प्राथमिकता छर्लङ्ग भएको बताइन् । ‘मनसुन जान लागिसक्यो, यति ढिलो प्रस्ताव ल्याएर के होला भन्ने मलाई पनि डर छ,’ उनले भनिन्, ‘असारमै गर्नुपर्ने तयारीका कामहरू नहुँदा अहिले नागरिकले सास्ती भोगिरहेका छन्।’
Read full story at source (ratopati.com)