ग्यास पाउनुभएन ? उद्योग मन्त्रालयको यो नंबरमा सम्पर्क गनुहोस्
kendrabindu.com · Thu Aug 06 09:08:46 GMT 2026

काठमाडौं । बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई सहजीकरणका लागि विशेष पहल सुरु गरेको छ।
ग्यास पाउन कठिन भएको वा कृत्रिम अभाव र कालोबजारी जस्ता समस्या भोग्नु परेमा तुरुन्त सम्पर्क गर्न माननीय मन्त्रीज्यूको सचिवालयले उपभोक्ताहरूसँग अनुरोध गरेको छ। यदि कुनै पनि उपभोक्ताले ग्यास प्राप्तिमा असहजता वा आपूर्तिसम्बन्धी अनियमितता देखेमा ९८५१११६७७३ नम्बरमा फोन गरी सोझै जानकारी गराउन सकिनेछ।
Read full story at source (kendrabindu.com)