तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न दिइएको निर्देशनप्रति कांग्रेसको आपत्ति
baahrakhari.com · Thu Aug 06 09:06:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।
बिहीबार (साउन २१) राष्ट्रियसभा बैठकमा उनले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाएको भन्दै एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचलाई स्पष्टीकरण सोध्न दिइएको निर्देशन आपत्तिजनक रहेको बताएका हुन् । उनले नेपालको स्वतन्त्रता र निष्पक्षतामाथि अन्तर्राष्ट्रिय संस्थाले बोल्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताए ।
Read full story at source (baahrakhari.com)