गृहमन्त्रीलाई कांग्रेसको जवाफ– संसदीय व्यवस्थामा सांसदको प्रश्न सोध्ने अधिकार खोस्न पाइँदैन
ratopati.com · Thu Aug 06 09:13:53 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले संसद्मा सांसदहरूलाई प्रश्न नसोध्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न नसोध्न चेतावनी दिएका थिए ।
त्यसपछि बैठकमा बेलेका कांग्रेस सांसद रञ्जित कर्णले लोकतान्त्रिक र संसदीय व्यवस्थामा मन्त्रीले सांसदहरूलाई प्रश्न सोध्नबाट रोक्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । गृहमन्त्रीले बैठकमा निर्मला पन्त हत्या प्रकरण लगायतका विषयमा प्रश्न नसोध्न र व्यक्तिगत रूपमा भेटेर बुझ्न भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद कर्णले भने- ‘संसदीय व्यवस्थामा जनताको आवाज मन्त्री र प्रधानमन्त्रीसँग सोध्ने माध्यम नै सांसदहरू हुन्। मन्त्रीजीले ‘यो प्रश्न नसोध्नुस्, नसोधिदिनुस्’ भन्नुमा मेरो गम्भीर आपत्ति छ।’
Read full story at source (ratopati.com)