बाँकेमा थपिए तीन हजार ७७६ मतदाता
khabarhub.com · Thu Aug 06 09:11:00 GMT 2026

नेपालगञ्ज – निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।
Read full story at source (khabarhub.com)