६ अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध, ड्रोन र पार्टपुर्जाको निर्यातमा कडाइ
baahrakhari.com · Thu Aug 06 09:23:16 GMT 2026

काठमाडौं । अमेरिकाले लगाएका नयाँ व्यापारिक प्रतिबन्धहरूको जवाफस्वरूप चीनले कडा आर्थिक कदम चालेको छ । चीनले ६ अमेरिकी कम्पनीलाई कालोसूचीमा राखेको छ । अमेरिकातर्फ हुने ड्रोन, तिनका मुख्य पार्टपुर्जा तथा सम्बन्धित प्रविधिको निर्यातमा कडा नियन्त्रण लागु गरेको एपीले जनाएको छ । साथै, आयातित प्रिन्टर सफ्टवेयर र कार्यालयका उपकरणमाथि राष्ट्रिय सुरक्षाका दृष्टिले अनुसन्धान सुरु गरेको छ ।
अमेरिकाले चिनियाँ ड्रोनको आयातमा प्रतिबन्ध लगाउने, ४३ वटा चिनियाँ कम्पनीलाई उइगुर जबर्जस्ती श्रम रोकथामसम्बन्धी कानुनअन्तर्गत कालोसूचीमा राख्ने तथा नयाँ ट्यारिफ लागु गर्ने निर्णयको जवाफस्वरूप यी कदम चालिएको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)