गृहमन्त्री गुरुङले माफी माग्दै भने– मेरो भाषा अलि ठाडो भयो, क्षमा चाहन्छु
ratopati.com · Thu Aug 06 09:29:09 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा भइरहेको छलफलका क्रममा सांसदहरूसँग चर्काचर्की परेपछि मन्त्री गुरुङले रोष्ट्रमबाटै क्षमा याचना गरेका हुन् ।
बैठकमा निर्मला पन्त हत्याकाण्डको प्रसङ्गमा गृहमन्त्री गुरुङले आक्रोशित हुँदै ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै रोष्ट्रमबाटै चेतावनीपूर्ण शैलीमा जवाफ दिएका थिए । मन्त्रीको उक्त रुखो शैली र संसदीय मर्यादा विपरीतको अभिव्यक्तिको सदनमा आलोचना भएपछि उनले तत्कालै गल्ती महसुस गरेका हुन् ।
Read full story at source (ratopati.com)