सुनसरी-सिरहा घटनाका मृतकको श्रद्धाञ्जली सभामा रास्वपा सांसदको अभिव्यक्तिले तनाव
onlinekhabar.com · Thu Aug 06 09:25:51 GMT 2026

२१ साउन, सिरहा । सिरहाको गोलबजारमा हिन्दु र मुस्लिम समुदायले संयुक्त रूपमा मनाइरहेको श्रद्धाञ्जली सभामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद तपेश्वर यादवले दिएको अभिव्यक्तिले तनाव सिर्जना भएको छ । बिहीबार सिरहाको गोलबजारमा सुनसरी–सिरहा घटनाका मृतकलाई श्रद्धाञ्जली दिन आयोजित सभामा रास्वपा सांसद यादवले असंवेदनशील अभिव्यक्ति दिएका थिए । जसका कारण तनाव सिर्जना भएको हो ।
सुनसरीको देवानगञ्ज घटनापछि सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली चलेको थियो । सो गोलीबाट सिरहाका गणेश यादवको मृत्यु भएको थियो । त्यसयता गोलबजार पूर्णतया: सामान्य हुन सकिरहेको थिएन ।
Read full story at source (onlinekhabar.com)