मनसुनजन्य विपद् व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई दियो निर्देशन
ratopati.com · Thu Aug 06 10:00:51 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाले मनसुनजन्य विपद् व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि भएको गहन छलफलपछि सभाले सरकारलाई मार्गनिर्देशन गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री सुधन गुरुङले सभामा व्यक्त गरेको प्रतिबद्धताका आधारमा प्राथमिकताका साथ कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए । निर्देशनमा लेखिएको छ, ‘हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयनको प्रगति विवरण सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन दिइन्छ।’ साथै, ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयहरूको अनुगमन गर्न सम्बन्धित विषयगत समितिहरूलाई समेत सक्रिय हुन भनिएको छ।
Read full story at source (ratopati.com)