सरकारले जवाफभन्दा पहिला काम गर्छ - गृहमन्त्री गुरुङ
arthasansar.com · Thu Aug 06 10:12:54 GMT 2026

गृहमन्त्री सुधन गुरुङले आलोचना वा प्रश्न उठेपछि स्पष्टीकरण दिनुको सट्टा सरकारले त्यसअघि नै काम गरेर देखाउने दाबी गरेका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले यो धारणा राखेका हुन्।
राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक तथा मदनकुमारी शाह (गरिमा), सोमनाथ पोर्तेल, पूजा चौधरी र पदमबहादुर परियार समर्थक रहेको ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि संसद्मा छलफल भएको थियो। सोही प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री गुरुङले संसद्बाट प्राप्त हुने मार्गदर्शन अनुरूप सरकार सदैव क्रियाशील रहेको स्पष्ट पारे। यसैबीच, कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले भने मन्त्रीले ‘जवाफ दिन्न’ भनी दिएको अभिव्यक्तिप्रति संसद्मै व्यङ्ग्य गरेकी थिइन्।
Read full story at source (arthasansar.com)