जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे चिन्तित छन् छोराहरू
barnanmedia.com · Thu Aug 06 10:29:00 GMT 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान लामो समयदेखि जेलमा छन् । उनको स्वास्थ्य अवस्थाप्रति खानका दुई छोरा कासिम र सुलेमान इसा खानले गहिरो चिन्ता व्यक्त गरेका छन् । पाकिस्तान सरकारले आफूहरूलाई इमरान खानसँग भेट्न नदिएको र उनका परिवार, वकिल तथा चिकित्सकलाई समेत लामो समयदेखि भेट्न रोक लगाइएको दाबी उनीहरूले गरेका छन् ।
लन्डनबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै दुवैले आफ्नो पितासँग सम्बन्धित कुनै नयाँ जानकारी प्राप्त गर्न नसकेको बताएका छन् । उनीहरूका अनुसार इमरान खानका परिवारका सदस्य, निजी चिकित्सक र कानुनी प्रतिनिधिहरूलाई पछिल्ला सात महिनादेखि भेट्न अनुमति दिइएको छैन । यसका कारण उनका वास्तविक स्वास्थ्य अवस्थाबारे आफूहरू गम्भीर रूपमा चिन्तित भएको उनीहरूको भनाइ छ ।
Read full story at source (barnanmedia.com)