नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उमेदवार 'सर्टलिस्ट'
baahrakhari.com · Thu Aug 06 10:39:39 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच उमेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्तिका लागि परेका आवेदनहरूमध्ये उमेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा छनौट गरिएको जारी सूचनामा उल्लेख छ ।
छनोट हुनेमा अर्जुनकुमार गौतम (मध्यपुर ठिमी–१, भक्तपुर), गोपाल घिमिरे (का.म.न.पा.–३२, काठमाडौं, पर्वतकुमार काकी (लिमचुङबुङ–२, उदयपुर), यज्ञप्रकाश न्यौपाने (टोखा–६, काठमाडौं) र समता पन्त (भट्ट) (का.म.न.पा.–२८, काठमाडौं) रहेका छन् ।
Read full story at source (baahrakhari.com)