‘राजा ल्याउने प्रस्ताव’ आएपछि बन्यो अग्रगामी मोर्चा
ratopati.com · Thu Aug 06 10:41:02 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले राजा ल्याउने सुझाव दिएपछि सात दल अग्रगामी मोर्चा बनाउन तम्सिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टीले मिलेर अग्रगामी मोर्चा घोषणा गर्न लागेका हुन् ।
Read full story at source (ratopati.com)