१० प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
bishowkhabar.com · Thu Aug 06 10:40:47 GMT 2026

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा एक जना, प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा चार जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा चार जना तथा प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा एक जना गरी कुल १० जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
Read full story at source (bishowkhabar.com)