बटलर बने टी–२० क्रिकेटका सर्वाधिक रन बनाउने ब्याटर
ratopati.com · Thu Aug 06 10:49:49 GMT 2026
काठमाडौँ । इङ्ग्ल्यान्डका विकेटकिपर–ब्याट्सम्यान जोस बटलरले टी–२० क्रिकेटमा नयाँ इतिहास रचेका छन् । ‘द हन्ड्रेड’ लिगमा उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै उनले टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
म्यानचेस्टर सुपर जायन्ट्सबाट खेल्दै बटलरले २० बलमा अविजित ५१ रनको विस्फोटक इनिङ्स खेले । यही क्रममा उनले आवश्यक २२ रन पूरा गर्दै वेस्ट इन्डिजका पूर्वकप्तान कायरन पोलार्डलाई उछिने ।
Read full story at source (ratopati.com)