विदेश पठाउने भन्दै ५ जनासँग ठगी गरेको आरोप, तीनविरुद्ध उजुरी
onlinekhabar.com · Thu Aug 06 10:47:31 GMT 2026

१९ साउन, जनकपुरधाम । वैदेशिक रोजगारीका नाममा साउदी अरब पठाइदिने प्रलोभन देखाएर पाँच युवाबाट साढे ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी परेको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ लक्ष्मीपुर बगेवाका अनिल कुमार महरा, दीपेन्द्र मण्डल, संजिप महरा, मुकेशकुमार राम तथा महोत्तरी गाउँपालिका–१ पर्साका ललितकुमार महराले जलेश्वर नगरपालिका–१ का राजेश महरा, उनकी श्रीमती मञ्जु देवी र एकडारा गाउँपालिकाका जोगिन्द्र महराविरुद्ध साउन १ गते ठगी तथा विश्वासघातसम्बन्धी उजुरी दर्ता गराएका हुन् ।
Read full story at source (onlinekhabar.com)