राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस
reportersnepal.com · Thu Aug 06 10:49:24 GMT 2026

काठमाडौँ, २१ साउन । राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ ।
सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त विधेयक पेस गरेकी हुन् । मन्त्री चौधरीले नेपालको संविधान भाग –३ मौलिक हकअन्तर्गत खाद्यसम्बन्धी हक, उपभोक्ताको हक, स्वास्थ्यसम्बन्धी हक, स्वच्छ वातावरणको हक र सम्पत्तिको हकसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा सहकार्यमा पशु तथा माछाका सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण र निवारण तथा उन्मूलन गरी पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरण स्वास्थ्य संरक्षण गर्न विधेयक आवश्यक रहेको बताइन् ।
Read full story at source (reportersnepal.com)