झापामा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो
lokaantar.com · Tue May 09 16:47:03 GMT 2023
झापामा पहिचान पक्षधरहरुले निकालेको जुलुसका क्रममा प्रहरीले गोली चलाएको छ । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले मंगलबार साँझ दमकमा निकालेको राँके जुलुसका क्रममा दुई पक्षीय झडपको अवस्था भएपछि प्रहरीले गोली चलाएको हो ।
झडपका क्रममा जुलुसमा सहभागी गजेन्द्र फागो र दीक्षा क्षेत्री घाइते भएका छन् । उनीहरुको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)