सेनाकाे नयाँ तलब निर्धारण : सिपाहीले ३६ हजार पाउँदा प्रधान सेनापतिले साढे ९० हजार पाउने, कसले कति ?
arthadabali.com · Thu Aug 06 11:04:07 GMT 2026

काठमाडौँ / नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका विभिन्न दर्जाका सैनिकहरूको नयाँ तलब तथा सुविधा निर्धारण गरेको हो।
नयाँ तलबमानअनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको मासिक तलब स्केल ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थप भएपछि उक्त रकम कायम भएको हो। त्यस्तै, रथीको कुल तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
Read full story at source (arthadabali.com)