अर्जेन्टिनाद्वारा इंग्ल्याण्डमाथिको जितको सम्झनामा ‘राष्ट्रिय फुटबल टोली दिवस’ घोषणा
kendrabindu.com · Thu Aug 06 11:10:14 GMT 2026

काठमाडाैं । अर्जेन्टिना सरकारले सन् २०२६ को विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्याण्डमाथि प्राप्त ऐतिहासिक जितको सम्झनामा जुलाई १५ लाई ‘राष्ट्रिय फुटबल टोली दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ।
अमेरिकाको एटलान्टामा भएको निकै रोमाञ्चक उक्त सेमिफाइनल खेलमा ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत इंग्ल्याण्डले अग्रता लिएको थियो। १९६६ पछि पहिलोपटक विश्वकप फाइनलमा पुग्ने लक्ष्यमा रहेको इंग्ल्याण्डले अग्रता जोगाउन रक्षात्मक रणनीति अपनाएको थियो। तर खेलको ८५औँ र ९२औँ मिनेटमा लगातार दुई गोल गर्दै अर्जेन्टिनाले इंग्ल्याण्डलाई २-१ ले स्तब्ध बनाएको थियो।
Read full story at source (kendrabindu.com)