कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै, परराष्ट्रले सुरु गर्यो ‘नेपाल ई–एटेस्टेसन सिस्टम’
baahrakhari.com · Thu Aug 06 11:18:53 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले ‘नेपाल ई–एटेस्टेसन सिस्टम’ (ई–प्रमाणीकरण प्रणाली) को औपचारिक सुरुआत गरेको छ । कन्सुलर प्रमाणीकरण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित बिहीबारबाट यो प्रणाली सुरु गरिएको हो ।
नयाँ प्रणालीमार्फत अब सेवाग्राहीले संसारको जुनसुकै स्थानबाट कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन, आवेदनको अवस्था हेर्न, राजस्व तिर्न तथा प्रमाणीकरणका लागि अनलाइनबाटै अपोइन्टमेन्ट लिन सक्नेछन् । यो सेवा भदौ १ गतेबाट पूर्ण सञ्चालनमा आउनेछ ।
Read full story at source (baahrakhari.com)