लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु
baahrakhari.com · Thu Aug 06 11:32:00 GMT 2026

काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम सुरु गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको तीव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दै फाउन्डेसनले नयाँ पाठ्यक्रम सञ्चालनमा ल्याएको हो ।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षतासहित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सञ्चालनमा आएको फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए । ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रमका लागि फाउन्डेसनले डीएलए कन्सल्टिङसँग सहकार्य गरेको छ ।
Read full story at source (baahrakhari.com)