धादिङमा ५१ किलो अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ
annapurnapost.com · Fri May 15 15:22:38 GMT 2026

धादिङ : धादिङ प्रहरीले फरार प्रतिवादीको खोजी अभियान चलाइरहेका बेला ठूलो परिमाणमा अवैध लागुऔषध अफिम र घरेलु हतियार बरामद गरेको छ। धादिङको दक्षिणी क्षेत्र बेनीघाट रोराङ गाउँपालिका–२, होवाङमा सञ्चालन गरिएको विशेष प्रहरी अपरेशनका क्रममा ५१ किलो ९ सय ८० ग्राम अफिमसहित तीनजना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार फरार प्रतिवादीको खोजीका क्रममा उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले स्थानीय ३५ वर्षीय वीरबहादुर तामाङको घर तथा गोठमा खानतलासी गर्दा ठूलो परिमाणमा अफिम फेला परेको हो।
Read full story at source (annapurnapost.com)