चैत महिनाको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाए
barnanmedia.com · Fri May 15 15:22:43 GMT 2026

: “ चैत महिनाको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको छ । पश्चिम एसियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गएको चैत २१ गतेदेखि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयको प्रभाव र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । पछिल्लो रिपोर्टअनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको खपतमा कमी आएको छ भने हवाई इन्धनको खपतमा भने केही वृद्धि भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा ठुलो गिरावट डिजेलको खपतमा देखिएको छ ।
चैत महिनामा १ लाख ४० हजार २९ किलोलिटर डिजेल खपत भएकोमा वैशाख महिनामा घटेर १ लाख २ हजार ७१ किलोलिटरमा सीमित भएको छ । यो करिब ३७ हजार किलोलिटरको गिरावट हो । त्यसैगरी, पेट्रोलको खपतमा पनि सामान्य कमी आएको छ । चैतमा ५९ हजार ९३८ किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा घटेर ५८ हजार ६८० किलोलिटर पुगेको छ ।
Read full story at source (barnanmedia.com)