दक्षिण कोरियाली फुटबल संघमा प्रहरीको छापा
ratopati.com · Thu Aug 06 11:51:29 GMT 2026
काठमाडौँ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ–बोको नियुक्तिसम्बन्धी अनुसन्धानका क्रममा कोरिया फुटबल संघ (केएफए) को कार्यालयमा छापा मारेको छ ।
सोल महानगरीय प्रहरीले होङको नियुक्ति प्रक्रियामा ‘व्यवसायमा अवरोध’ सम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । यही अनुसन्धानअन्तर्गत केएफएको कार्यालयमा कागजात तथा अन्य प्रमाण संकलनका लागि छापा मारिएको हो ।
Read full story at source (ratopati.com)