टिपरको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु
ratopati.com · Thu Aug 06 12:15:45 GMT 2026

बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित नायकमार्ट नजिक बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार रा १ ग ३२ नम्बरको टिपरले रा ४ प ७९४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–११ कटाह निवासी २१ वर्षीया कल्पना केसी गम्भीर घाइते भएकी थिइन्। उनको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (ratopati.com)