यातायात कार्यालयमा सास्ती : चलेको छैन सर्भर, जरिवानाको डर (भिडियोसहित)
ratopati.com · Thu Aug 06 12:45:00 GMT 2026

काठमाडौँ । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको मूल गेटबाट भित्र पस्नेबित्तिकैको सोधपुछ कक्षमा सेवाग्राहीको भिडाभाड थियो । हरेक सेवाग्राही नयाँ सवारी लाइसेन्स दर्ता, ब्लुबुक नवीकरण लगायत कुनै न कुनै कामको लागि त्यहाँ पुगेका थिए ।
सेवाग्राहीहरुले सोधपुछ कक्षमा सवारी लाइसेन्स नवीकरण कहिले हुन्छ ? भन्दै प्रश्न गरिरहेका थिए । कार्यालयको सर्भरमा प्राविधिक समस्या देखिएकाले कुनै पनि काम नभएको जवाफ दिएर सोधपुछ कक्षमा बसेका कर्मचारीले सेवाग्राही फर्काउँदै थिए । तर लाइसेन्स वितरणको काम भने चलिरहेको थियो ।
Read full story at source (ratopati.com)