कहाँ अल्मलियो नेपालीहरूको भान्साको विद्युतीकरण ?
corporatenepal.com · Thu Aug 06 12:35:12 GMT 2026

काठमाडौं । ग्यास मौज्दात पर्याप्त रहेको सरकारी दाबीबीच बजारमा अभाव कायमै छ । ‘सरकार र नेपाल आयल निगमबाट हामीलाई पुग्ने गरी ग्यासको मौज्दात रहेको बताइएका छन्, कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर किनेर घरमै भण्डारण गरेको पनि सुनिन्छ,’ मंगलबार प्रतिनिधि सभा सदस्य श्रद्धा कुँवरले संसदको आकस्मिक समयमा भनिन्, ‘अर्कोतर्फ एउटा आम जनताले एउटा ग्यास सिलिन्डर पाउन दिनभरि लाइन बस्नुपर्ने पीडादायी अवस्था छ। यसको तत्काल समाधान गर्न म सरकारसँग आग्रह गर्न चाहन्छु ।’
सरकारले दिन खोजेको र जनताले लिन खोजेको सेवाबीच किन ठूलो खाडल छ ? भन्दै उनले प्रश्न उठाइन् । यसै दिन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा साँसद बुद्धिप्रसाद (हरि) पन्तले आपूर्ति सहज बनाउन सकिँदैन भने पदमा किन बस्ने ? भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका सचिव र निगमका पदाधिकारीमाथि प्रश्न तेर्स्याए ।
Read full story at source (corporatenepal.com)