पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा
khabarhub.com · Thu Aug 06 13:02:46 GMT 2026

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ । कार्यलयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् ।
त्यसपछि सीसीटीभीमार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वनवे उल्लङ्घन गर्ने ३५, अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
Read full story at source (khabarhub.com)