पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधनलाई कारबाही
nagariknews.nagariknetwork.com · Thu Aug 06 12:58:42 GMT 2026

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ। कार्यलयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन्।
त्यसपछि सिसिटिभीमार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वनवे उल्लङ्घन गर्ने ३५, अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)