रुकुम पश्चिमको दुग्ध सहकारी अनुदान दुरुपयोगमा नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
nepalpress.com · Thu Aug 06 13:14:47 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई उपलब्ध गराइएको सरकारी अनुदान दुरुपयोग भएको आरोपमा आठबीसकोट नगरपालिकाका नगरप्रमुख, कर्मचारी तथा सहकारीका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७६ विपरीत अयोग्य सहकारी संस्थालाई चिस्यान केन्द्र निर्माणका लागि ९१ लाख १७ हजार ८ सय ७३ रुपैयाँ तथा नगरपालिकाबाट थप ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको मिल्क ट्याङ्कर र दुई वटा सिङ्गल क्याब गाडी उपलब्ध गराई सरकारी अनुदानको दुरुपयोग भएको आरोपमा आरोपपत्र दायर गरिएको हो ।
Read full story at source (nepalpress.com)