पखेटाको सन्तुलन नमिलेपछि नेपालगन्जमा अवतरण नगरी काठमाडौं फर्कियो श्रीएयर
nagariknews.nagariknetwork.com · Thu Aug 06 13:17:08 GMT 2026

काठमाडौंबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको विमान अवतरणको तयारीका क्रममा फ्ल्याप (जहाजको पखेटा चल्ने पट्टी वा उठान र अवतरणमा सहयोग गर्ने पखेटाको भाग) सन्तुलन नमिलेपछि नेपालगन्ज विमानस्थलमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।
बिहीबार काठमाडौंबाट नेपालगन्जका लागि उडेको उक्त विमान साँझ ६ः३० नेपालगन्ज आकाशमा पुगेपछि अवतरणको तयारी गरिएको थियो। तर जहाजको फ्ल्याप नमिलेको देखिएपछि सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै अवतरण नगरी काठमाडौं फर्काउने निर्णय गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)