ब्रोड पिकमा निधन भएका युक्त गुरुङको शव काठमाडौं ल्याइयो
nepalsamaya.com · Thu Aug 06 13:25:10 GMT 2026

काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं ल्याइएको छ।
गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याइएको हो। अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
Read full story at source (nepalsamaya.com)