पर्वतारोही युक्तको शव काठमाडौँ ल्याइयो
nepalnews.com · Thu Aug 06 13:38:58 GMT 2026

काठमाडौँ। पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव काठमाडौं ल्याइएको छ।
कतार एयरवेजको विमानमार्फत गुरुङको शव बिहीबार काठमाडौँ ल्याइएको हो। गुरुङको शव काठमाडौँमा ल्याएसँगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुकलगायत त्रिभुवन विमानस्थल पुगेका थिए। शव यात्रासहित गुरुङको पार्थिव शरीरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा पुर्याइएको छ। उनको शुक्रबार अन्तिम संस्कार गरिने संघले जनाएको छ।
Read full story at source (nepalnews.com)