इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
ratopati.com · Thu Aug 06 13:49:46 GMT 2026

काठमाडौँ । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिङ्ग गाउँपालिका-४ ठेगाना भएका अम्मरसिं नेपाली बुधबार राति पक्राउ परेका छन् । साउदी अरबबाट नेपाल आगमन हुने क्रममा निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
अम्मरसमेत भएको ज्यानसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा वारदात पश्चात् फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास गरी पक्राउ गर्नका लागि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०८१ जेठ २४ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
Read full story at source (ratopati.com)