फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु
barnanmedia.com · Thu Aug 06 13:42:16 GMT 2026

फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । उष्णकटिबन्धीय न्यून चापीय प्रणाली (ट्रपिकल डिप्रेसन) का कारण आएको भारी वर्षाले देशको उत्तरी भागमा मौसमी असर पारेकाले विद्यालयहरू बन्द गर्न बाध्य पारेको जनाइएको छ ।
टापुहरूको राष्ट्र फिलिपिन्सको मुख्य टापु लुजोनमा विगत चार दिनदेखि भारी वर्षा भइरहेको जनाइएको छ । वर्षाका कारण राजधानी र उत्तरी प्रान्तका विभिन्न क्षेत्रमा सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो ।
Read full story at source (barnanmedia.com)