नर्सिङ काउन्सिलमा नयाँ नेतृत्व
baahrakhari.com · Thu Aug 06 14:07:13 GMT 2026

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेसँगै काउन्सिलले नयाँ नेतृत्व पाएको हो ।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री मेहताको सचिवालयका अनुसार शपथ ग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् । रासस
Read full story at source (baahrakhari.com)