मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख ११ हजार सहयाेग
ratopati.com · Mon Aug 31 09:55:26 GMT 2026

काठमाडौँ। पठन संस्कृति, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत सामाजिक संस्था मार्क्सवादी ज्ञान केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
देशमा आइपरेको प्राकृतिक विपत्ति र सङ्कटको घडीमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यका साथ संस्थाले सोमबार सो रकम राहत कोषको राष्ट्रिय बैंक खातामा जम्मा गराएको हो।
Read full story at source (ratopati.com)